पर्यटन/संस्कृति

पर्यटकलाई मनोरञ्जन दिलाउन हावाहुरीले पनि असर नगर्ने २ सिटे लाइट हेलिकोप्टर अब नेपालमा

काठमाडौं । प्रक्रिया थालेको १ वर्षपछि हेली एयर नेपाल प्रालिले लाइट हेलिकोप्टर उडानका लागि अनुमति पाएको छ ।

कम्पनीका ‘सिइओ’ रोनन लामिछानेले, नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार यो कम्पनीलाई उडान अनुमति दिएको जानकारी दिएका छन् ।

कम्पनीले दुईवटा हेलिकोप्टर ल्याइसकेको छ । अर्को हेलीकोप्टर पनि छिट्टै आउन लागेको लामिछानेले जानकारी दिए । पाइलट र यात्रु गरी दुई जना मात्रै बस्न मिल्ने सो हेलिकोप्टर हावा र हुरी आएको समयमा पनि उडान गर्न सक्ने उनको दावी छ ।
यो यात्रु ओसापसार गर्नको लागि भन्दा पनि विदेशी पर्यटकहरुलाई माउण्टेन फ्लाइट गराएर मनोरञ्जन प्रदान गर्नका लागि असोजबाट उडान गर्ने लामिछाने बताउँछन् ।
जम्मा ३० हजार मात्रै तिरेर पोखराबाट बाग्लुङको बलेवा बिमानस्थल गएर आउन सकिने र पोखरा बिमानस्थलबाट पश्चिमका विभिन्न क्षेत्रमा उडान गर्न सकिने उनको दाबि छ ।

साथै यही कम्पनीले यात्रु ओसारपसार गर्ने उद्देश्यले दुईवटा पाँच सिटे हेलिकोप्टर पनि ल्याउन लागेको लामिछाने बताउँछन् ।