राजनीति

प्रतिक्रियावादी शक्तिलाई परास्त गर्न वाइसियललाई प्रचण्डको निर्देशन !

काठमाण्डौ, २ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुक अतिवादको चपेटामा परेको दाबी गरेका छन् ।

आज काठमाडौंमा आयोजित पार्टीको युवा संगठन वाईसियलको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष दाहालले तराई, पहाड र हिमालका जनताबीच भिडन्त गराएर मुलुकमा नरसंहार मच्चाउने गम्भीर षडयन्त्र भइरहेकोसमेत आरोप लगाए ।

उनले मुलुकमा राष्ट्रियतालाई कमजोर पार्न प्रतिक्रियावादी शक्तिहरु लागि परेको भन्दै त्यसलाई परास्त गर्न पार्टीका युवा कार्यकर्ताहरुलाई निर्देशन दिए । अध्यक्ष दाहालले तराई, पहाड र हिमाललाई जोड्ने राष्ट्रवादको पक्षमा अभियाननै संचालन गर्न पनि पार्टीका युवा कार्यकर्ताहरुलाई सचेत गराएका छन् ।