राजनीति

मंसिर ४ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने सहमति

काठमाडौं । आगामी मंसिर ४ गते पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रमुख तीन राजनीतिक दल र निर्वाचन आयोगबीच समझदारी भएको छ ।  प्रमुख तीन दल र निर्वाचन आयोगका पदाधिकारीबीच विहीबार भएको छलफलमा यस्तो सहमति भएको हो ।

निर्वचन आयोगले गरेको प्रस्तावअनुसार मंसिर ४ गते हिमाली र उच्च पहाडी क्षेत्रको ३१ जिल्लामा एकै पटक प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने समझारी भएको श्रोतले बताएको छ ।

आयोग पदाधिकारी र प्रमुख तीन दलबीचको छलफलमा आगामी भदौ ५ गतेभित्र निर्वाचनका लागि आवश्यक कानून ल्याइसक्ने र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पनि भदौ १५ भित्र आइसक्ने सरकारले अयोगलाई विश्वास दिलाएको छ ।