आर्थिक

एन.आई.सि.एसिया बैंकले ल्यायो डबल डिपोजिट निक्षेप योजना

काठमाण्डौ, १ भदौ । एन.आई.सि.एसिया बैंकले आफ्नो दुई दशकको सफल यात्राको सुखद उपलक्ष्यमा ग्राहकवर्ग माझ “डबल डिपोजिट”नामक नयाँ निक्षेप योजना प्रस्तुत गरेको छ ।

आफ्ना ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले ल्याएको यस निक्षेप योजनामा व्यक्तिगत तथा संस्थागत निक्षेप ग्राहकहरुलाइ सिमित अवधि पश्चात आफूले जम्मा गरेको रकमको दोब्बर भुक्तानि गरिनेछ ।

न्यूनतम रु.१ लाख रुपैयाँ निक्षेपका साथ भाग लिन सकिने यस योजनामा व्यक्तिगत निक्षेपकर्ताको हकमा ९ बर्ष र संस्थागत निक्षेपकर्ताको हकमा १० वर्षमा आफुले शुरुमा जम्मा गरेको रकमको नियमानुसार संस्थागत निक्षेपको हकमा १५% तथा व्यक्तिगत निक्षेपको हकमा ५% का दरले व्याज आम्दानीको श्रोतमा करकट्टी गरे पश्चात बैंकले दोब्बर भुक्तानि दिने छ ।

यस योजनाले ग्राहकलाई निक्षेपमा थपघट हुन सक्ने व्याज दर तथा बजारमा व्याजको जोखिमले योजनालाई कुनै असर नपर्ने सुनिश्चितता प्रदान गर्दछ ।

१ सय १९ वटा शाखा र ४ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिईरहेको यस बैंकले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट २० प्रतिशत वोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस प्रदान गर्ने निर्णय समेत गरेको छ ।