खेलकुद

राष्ट्रिय पौडी प्रतियोगितामा गौरीकाले रचिन नयाँ किर्तिमान

काठमाण्डौ, १ भदौ । काठमाडौंमा आजदेखि शुरु राष्ट्रिय पौडी प्रतियोगितामा ओलम्पियन पौडीवाज गौरीका सिंहले नयाँ राष्ट्रिय किर्तीमान बनाएकी छन ।
आज बिहान सम्पन्न ५० मिटर बटरफ्लाइ स्पर्धामा गौरीकाले नयाँ किर्तीमान बनाएकी हुन ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा भएको ५० मिटर बटरफ्लाइको हिट चरणमा गौरीकाले २९.०४ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

यसअघि यो कीर्तिमान अर्की जलपरी शोफिया शाहको नाममा थियो । उनले सातौं राष्ट्रिय खेलकुदमा ३२.०६ सेकेण्डको टाइमिङ निकालेकी थिइन् ।

नेपाल पौडी संघको आयोजनामा बिहीबारदेखि शुरु भएको प्रतियोगितामा गौरीकाले पाँच वटा स्पर्धामा भाग लिएकी छन् । २९ स्पर्धामा खेलाइएको प्रतियोगितामा १४४ खेलाडीको सहभागिता छ ।