मनोरञ्जन

यसरी प्रेरणाको श्रोत बनिन् मोडल लिला गिरी, भन्छिन् मेहनतको फल मिठो हुन्छ ।

धेरै संघर्ष पछाडी सफल्ताको शिखर चुम्दै काठमाडौं लोकप्रिय मोडल लिला गिरी अभिनय यात्रामा सफलताको शिखर चढ्दै छिन् ।

सधै दर्शक र श्रोताको रोजाईमा पर्न सफल उनी अब अवार्ड जित्न समेत सफल भएकी छिन् । मोफसलको ऐतिहासिक अवार्ड सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा उनले इन्करेजमेन्ट (प्रोत्साहन) अवार्ड जिन्न सफल भएकी छिन् ।

तिन वर्षदेखी अभिनय क्षेत्रमा सक्रिय उनले १५० भन्दा बढि लोक तथा आधुनिक गीतमा अभिनय गरेकी छिन् । सुर्खेतमा जन्मेर काठमाडौंलाई आफ्नो कर्म थलो बनाउँदै कलाकारिता यात्रालाई अघि बढाइरहेकी लिलाको संघर्ष र मेहनतको परिणाम स्वरुप अवार्ड जितेकी हुन । उनले कलाकारितामा आउनका लागि धेरै नै दुःख र मेहनतका साथ त्याग गरेकी छिन् । सानैदेखी कलाकार बन्ने सपना सझाएकी उनी विस्तारै सफलताको मार्गमा लम्किरहेकी छिन् ।
नेपालीमा एउटा उख्खान छ नि कर्म गर फलको आश नगर । त्यहि लिलाको जीवनमा भएको छ । निरन्तर संघर्ष गर्दै कलाकारीतामा लागेकी उनको कर्मको फल प्राप्त गरेकी छिन् । जीवनका विभिन्न आरोह अवरोहहरु पार गर्दै अघि बढेकी लिलाको यो जीवनको एक महत्वपूर्ण सफलता हो ।