पु.समाचार

बाढीपहिरोले ब्यस्त बनायो प्रधानमन्त्रीलाई, अवस्था बुझ्न पुगे नेपालगञ्ज

बाँके, भदौ १ – बाढी प्रभावित क्षत्रको अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपालगञ्ज आएका छन् ।
प्रधानमन्त्री देउवाले बाँके, बर्दिया, दाङ्ग र कैलालीमा बाढीपछिको अवस्था बारे जानकारी लिन यहाँ आएका हुन् । उनले प्रभावितसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।
प्रधानमन्त्री देउवाले नेपाली सेनाको हेलिकप्टर मार्फत बाँके, बर्दिया, कैलाली र दाङ्गमा बाढीले प्रभाव पारेका क्षेत्रको निरीक्षण गर्नेछन् ।
प्रधानमन्त्री देउवाले बाँकेको फत्तेपुर, बर्दियाको गुलेरियार, बनियाभार, कैलालीको टिकापुर लगायतका क्षेत्रको निरीक्षण गर्नेछन् र उनको साथमा सिचाईं मन्त्री सञ्जयकुमार गौतम पनि आएका छन् ।