राजनीति

दुर्घटनामा परेर कांग्रेस नगर सभापतिको मृत्यु

सुरुङ्गा । मोटरसाइकल दुर्घटनामा परी नेपाली काँग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–५ निवासी सभापति खड्का तीन दिनअघि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ ।

मे ७ प १४६१ नम्बरको मोटरसाइकलमा सवार उनको गएराति उपचारकै क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।