समाचार

पाँच दिनको बाढी पहिरोको कथा र सरकारले राहतमा ल्याएको एकद्वार नीति

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । एक्कासी बाढी आउन थाल्यो बाढी आएर मानवीय तथा भौति क्षती हुन थालेपछि फेसबुक, ट्वीटर लगायतका सामाजिक सँजालहरुमा कोशी ब्यारेजका पुरा ढोका नखोलेकोमा भारत, नेपाल सरकार र नेपालका जिम्मेवार राजनीतिक दलहरुको बिरोध तीब्र रुपमा हुन थाल्यो ।

सामाजिक संजालमा जतिसुकै बिरोध भएपनि भारतले ३६ वटा भन्दा बढी ढोका खोलेको समाचार पढ्न पाइएन, नेपाल सरकारका गृहमन्त्री जनार्दन शर्माले सबै ढोका खोल्न भारत सरकारलाई आग्रह गरेको समाचार भने पढियो तर दुताबाससंग आन्तरिक वार्ता नगरि गरिएको वर्ताले केही पनि काम गरेन, गृहमन्त्रीको आग्रहलाई भारत सरकारले टेर्ने कुरै भएन । सबै ढोका खोलेमा भारतको बिहार राज्य डुबाउने हुंदा ढोकाहरु खोल्न नहुने तर्क सरकारका केहि मन्त्रीहरुले दिए ।

०६४ सालमा आओबादी हिंसात्मक जनयुद्धबाट बाहिर आएपछि बनेको शक्तीशाली सरकारमा प्रधानमन्त्री बनेका तत्कालीन नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहालले सपथ खाएको छोटो समयमा कोशी फुटेर सुनसरी र सप्तरीका धेरै बासिन्दाहरुले बाढीपीडित बन्नुपरेको घटना सेलाउन नपाउदै पुनः उक्त घटना दोहोरिन नपाओस भनि जनताले खबरदारी गरेको सरकारले बुझ्ने फुर्सद नै राखेन । उक्त बाढीमा नेपालमा भन्दा बढी क्षती भारतमा भए पनि बाढी आउनको कारण सप्तकोशीको बाँध फुट्नु थियो । सप्तकोशीको बाँध फुट्नु भारतले निर्माण गरेको कमसल बाँधका कारण भएको विज्ञहरुले बताईसकेका छन् । यसपटकको बाढी भने बाँध फुटेका कारण नभई अन्य नै थियो ।

पाँछ दिनको पानी पराई पहाडमा पहिरो र तराईमा डुबानका कारण एक सय भन्दा बढी मानिसहरुको मृत्यु भईसकेको छ । देशभरका २४ जिल्लाहरुमा बाढीले कतै डुबेर तर कतै पहिरो वा भत्किएको घरले पुरिएर मानिसहरु मरिरहदा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभाबशाली नेता प्रा.डा. शेखर कोईराला नेपाली सेनाको हेलिकप्टेर ब्यवस्था गरेर बिराटनगर पुग्ने पहिलो उच्च पदस्थ नेता देखिए । न उनी सरकारका मन्त्री थिए, न त बढीपीडित सम्बन्धी कुनै विज्ञ, उनी मात्र थिए बिराटनगरबाट निर्बाचन जिेतेका सांसद तर उनी सबैभन्दा पहिले जनताको सुखदुःखमा साथ दिन आफ्नो गृह जिल्लातिर लागे, उनले हिलो, भनेन्, पानीले डुवाएर मरिएला भनेनन् मात्र उनले सम्झेआफूलाई मतदान गर्ने जनता, आफ्नो गृहनगर, काँग्रेसको उद्गम स्थान र उनी त्यातातिर हानिए, उनले गएको दिन कतै पनि हिड्न सक्ने अवस्था नभएका कारण मल्हम लगाउनु शिबाय केही गर्न सकेनन्, डा. कोईरालाले भोलिपल्टबाट भने नोना कोईराला ट्रष्ट मार्फत राहत वितरण गर्न थालेका छन् । उनी बृद्ध उमेरमा समेत यसरी सकृय हुनु मुलुकप्रति डा. शेखर कोईराला चिन्तित छन् भन्ने प्रमाण देखाउछ ।

डा. शेखर कोईरालापछि भूकम्पपीडितलाई घर निर्माण गरेर नाम कमाएका धुमुस पनि चर्चामा आए उनले नाम कमाउन गरे वा के गरे उनै सीताराम कट्टेल धुमुसलाई सोधौं तर उनले बालक, बृद्धलाई आफैं तराइका डुबान ग्रस्त क्षेत्रमा गएर उद्दारमा सकृय भएका फेटाहरु सार्बजनिक हुन थाले । त्यस लगत्तै सरकारले आफूखुसी राहत संकलन तथा बिरतरणमा रोक लवगाएको छ । सरकारले स्थानीय तह मार्फत, सरकार मार्फत उक्त राहत बितरण गर्न पाईने एकद्वार नीति लागू गरेको छ, एकद्वारनीतिको सिर्बत्र बिरोध भएपनि राहतको दुरुपयोग हुने ब्यापक सम्भाबना भने बर्तमानका लागी टरेको छ, राहत वितरणको ब्याबस्थापन भने सरकारले प्रभाबकारी ढंगले गर्न सकेन भने सरकारर जनताबाट आलोचनाको शिकार हने निश्चित छ ।
केबि बर्ष अगाडी भएको बिनासकाी भूकम्पका बेला राहतमा ब्यापक अनियमितता भएको समाचार आएपछि सरकारले सिडियोको सहमतीमा मात्र राहत वितरण गर्न मिल्ने नियम बनाएको थियो ।