पु.समाचार

ओलीको हावामा उडाईएको कुरा भयो पुरा, हावाबाट बिजुलीको उद्घाटन ।

मुस्ताङ, २९ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङ पुगेर आफ्नो सपनाको उद्घाटन गरेका छन् । प्रधानमन्त्री भएका बेला नेपालमा हावाबाट बिजुली निकाल्ने घोषणा गर्दा हासोको पात्र बनेका ओली अन्तत: आएर आफ्नो सपना पुरा गर्न सफल भएका छन् ।

मुस्ताङको जोमसोम पुगेर हावाबाट उत्पादित बिजुलीको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्रि समेत रहेका ओलीले भने, “मेरो कुरालाई हावामा उडाउनेहरु मुस्ताङको जोमसोम आएर हेर्नुहोला” । सो बिजुली निर्माण कार्यको लागी १६ महिना लागेको बुद्ध पावर प्रा.लिका प्रबन्ध निर्देशक पुष्पराज तिमिल्सेनाले बताए ।

पुष्पराज तिमिल्सेना अनुसार तत्काललाई ३ किलोवाट उत्पादन गर्न सकिने भए तापनि जोमसोममै हावाबाट ४० मेघावाटको बिजुली उत्पादन हुन सक्ने कुरा समेत बताए । जोमसोमको कोरला सिमाना, सडकको अवस्था र सीमा क्षेत्रको अवलोकन गरेका ओलीले भ्रमणपछि पत्रकारसंग अध्यक्ष ओलीले कोरला नाका छिट्टै संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे । कुनै पनि शक्तिले कोरला नाका खुलाउन नरोक्ने ओलीको दावी रहेको छ ।