खेलकुद

युवा तथा खेलकुदमन्त्री केसीको आग्रहपछि विरोध कार्यक्रम फिर्ता

काठमाडौँ, २७ साउन । अन्तरपार्टी युवा सञ्जालले राष्ट्रिय युवा परिषद्मा भूगोल, क्षेत्र, समावेशिता तथा समानुपातिक प्रतिनिधित्वको माग गर्दै युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीलाई आज ध्यानाकर्षण गराएको छ ।

परिषद्को केन्द्रीय समिति गठन गर्दा एउटै दलका ८० प्रतिशत युवा छनोट गरिएकाले त्यसको विकल्पमा युवाबारे क्रियाशील संघसंस्थाको वैज्ञानिक रुपमा छनोट गर्न कार्यदल गठन गर्नुपर्ने तथा युवा स्वरोजगार र सशक्तीकरणका लागि कार्यक्रम ल्याउनुपर्नेलगायत माग पनि गरिएको छ ।

मन्त्री केसीले परिषद्का गतिविधिबारे अध्ययन गर्न चाँडो कार्यदल गठन गरिने आश्वासन दिएको सद्भावना युवा मञ्चका अध्यक्ष रञ्जितकुमार सिंहले जानकारी दिए ।

विभिन्न राजनीतिक दल निकट १० युवा संघसंस्था आबद्ध सञ्जालले यही साउन २८ गते विरोध कार्यक्रम राखेकामा मन्त्री केसीको आग्रहपछि सो कार्यक्रम फिर्ता लिइएको जनाइएको छ ।