अन्तर्राष्ट्रिय

आँफैले बनाउदै गरेको बम विस्फोटमा परी अफगानिस्तानमा तीस तालिवान मारिए

अफगानिस्तान, २७ साउन । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा तालिबानहरुले आफैले बनाउदै गरेको बम विस्फोटमा परी कम्तीमा ३० तालिवान आतङ्ककारी मारिएका छन् ।

उक्त प्रान्तका प्रान्तीय प्रवक्ताले शुक्रबार अपरान्ह सो विस्फोट भएको जनाकारी दिएका छन् ।

बाला बुलुक जिल्लाको पेवा पासे इलाकामा बिहीबार सो विस्फोट भएको थियो । तालिवान आतङ्ककारी समूहले सुरक्षाबलको नासिर मेरीमा रहेको आखडालाई आक्रमण गर्ने योजना बनाइरहेको अवस्थामा सो विस्फोट भएको थियो ।

आत्मघाती आक्रमणको लागि ज्याकेट तयार गर्दै गरेका आक्रमणकारीबीच भएको यस विस्फोटमा परी कम्तीमा ३० तालिवान आतङ्ककारी मारिएका प्रवक्ताले जानकारी दिएका छन ।

सो विस्फोटको क्रममा केही आतङ्ककारी घाइते समेत भएका थिए । तर प्रहरीले त्यसमा परी अरु धेरै आतङ्ककारी मारिएका हुनसक्ने बताएका छन् । तर त्यसको बारेमा तालिबानले केही बताएका छैनन् ।

अफगानिस्तानका विभिन्न इलाकामा गत अप्रिलबाट भीषण आक्रमण गर्दै आएका तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी सयौँ व्यक्तिको मृत्यु हुनुको साथै हजारौँ जना घाइते भएका छन ।

अचानक भएको यस विस्फोटको तालिवान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।