समाचार

पारसबाट नातिनीलाई जोगाउन ज्ञानेन्द्र शाह थाईलेण्डमा

यति बेला ज्ञानेन्द्र शाह थाईलेण्डमा छन् । पारस साहबाहेक अरु सबै परिवार थाईलेण्ड गएको बुझिएको छ ।

कुनै उपचारको लागि नभई नितान्त नातीनी पुर्णिकाको लागि गएको बुझीएको छ । घुम्नको लागि पनि थाईलेण्ड नगएको शाह परिवार निकटले बताएको छ । आफ्नो अति प्रिय नातीनी पुर्णिकाको लागि परिवार सहित ज्ञानेन्द्र थाईलेण्ड गएका हुन । भर्खरैमात्र एसइइ परीक्षामा ए प्लस ल्याएकी नातिनी पुर्णिकाको लागि शाहले थाईलेण्डमै ब्रिटिस सम्बद्धता भएको कलेज चयन गरेका छन् ।

नेपालकै कलेज पढाउने इच्छा हुँदा हुदै पनि उनले नातिनीलाई छोरा पारसकै कारण देश बाहिर लग्नु परेको बुझीएको छ । टिनएजकी छोरीलाई पारस शाह जानै नपाउने ठाउँ थाइल्याण्ड पुर्याइएको स्रोतको भनाइ छ ।

विदाको समयमा छोराछोरीलाई घुमाउदै आएका पारसले पछिल्लो समय डिस्कोमा पनि लैजान थालेपछि परिवार चिन्तामा रहेको र सजग रहदै नातिनिलाई लिएर ज्ञानेन्द्र थाइल्याण्ड पुगेको बताइन्छ ।