अन्तर्राष्ट्रिय

अफगानिस्तानमा आतंककारी आक्रमणमा परी ६० भन्दा बढी तालिवान मारिए

अफगानिस्तान, २३ साउन । उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा आतंककारी आक्रमणमा परी कम्तीमा ५० तालिवानको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ताले सोमबार जानकारी दिएका छन् ।

सैयाद जिल्लाको मिल्जा आलाङ गाउँमा तालिवान र इस्लामिक आतंककारी समूहले गत बिहीबार संयुक्तरुपमा आक्रमण गरेका र शनिबार सो इलाका कब्जामा लिएका थिए । सोही इलाकामा भएको आक्रमणमा परी ५० भन्दा बढी तालिवानको मृत्यु भएको छ । यस आक्रमणमा मारिएका प्राय सिया मुसलमान समुदायका व्यक्तिहरू रहेका बताइएको छ ।

तालिवान आतंककारी समूह र आइएस समूहले पूर्व उत्तर र दक्षिणी अफगानिस्तानको अशान्त क्षेत्रमा बारम्बार आक्रमण गर्दै आएका छन् । अफगान राष्ट्रपति असरफ घानी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाले कडा शब्दका यस आक्रमणको निन्दा गरेका छन् । यसैगरी प्राप्त अर्को एक समाचारअनुसार उत्तरी अफगानिस्तानको फयाव प्रान्तका तालिवान आतङ्काकारीविरुद्धको कारबाहीमा थप १० जना मारिएका छन् ।

सो क्षेत्रमा लुकेर बसेको इलाकामा लक्षित अफगान सुरक्षाबलले गरेको हवाई कारबाहीमा कम्तीमा १० आतंककारी मारिएका प्रहरी स्रोतले सोमबार जानकारी दिएको छ । घोर्मात र खाव्जा सबज्पोस जिल्लामा शनिबार राति तालिवान आतंककारी लुकेर बसेको इलाका लक्षित आक्रमणमा ती आतंककारी मारिएका प्रहरी प्रवक्ताले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

प्रहरीका अनुसार यस हवाई आक्रमणमा सर्वसाधारण नागरिक भने कुनै हताहत नभएको समाचारमा जानकारी दिइएको छ ।