राजनीति

जिल्ला समन्वय समिति (जिससमा) एमालेको मात्र मनोनयन दर्ता

रसुवा, । यही साउन २७ गते हुने जिल्ला समन्वय समिति कार्यसमिति निर्वाचनमा एक दलको मात्र मनोनयनपत्र दर्ता भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा(एमाले)का तर्फबाट जिसस प्रमुखमा कुलप्रसाद भट्ट एवम् उपप्रमुखमा छोपेमा तामाङ तथा एक अल्पसंख्यक, तीन महिलासहित नौ जनाको मनोन्वयनपत्र दर्ता भएको हो । जिल्लामा पाँच गाउँपालिका भएकाले गाउँपालिका प्रमुख र उपप्रमुखमा १० मतदाता छन् ।