समाचार

काँग्रेसबाट निर्वाचित वडाध्यक्षको लेक लागेर मृत्यु

भीमदत्तनगर, २२ साउन । बाजुराको बडिमालिका तीर्थयात्रा जाने क्रममा शनिबार राति अछामको मेल्लेख गाउँपालिका– ५ का वडाध्यक्ष रामबहादुर बोहराको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कर्णबहादुर बमका अनुसार वडाध्यक्ष बोहराको लेक लागेर शनिबार राति ८ः३० बजे बाटामा मृत्यु भएको बताए ।

बोहराको शव हेलिकप्टरको सहायताले अछाम ल्याउन पहल भइरहेको छ । गत असार १४ स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित बोहरा तरुण दल अछामका उपाध्यक्षसमेत थिए ।