खेलकुद

पाँचौं रेडिअन्ट कप, साउन ३२ गतेदेखि

काठमाडौं, २२ साउन २२ । रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा पाँचौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता साउन ३२ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा सिनियर र जुनियर ब्वाइजमा गरी जम्मा ४० टिमको सहभागिता रहने आयोजक रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर भण्डारीले जनाएका छन् । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको सिनियरमा १६ तथा जुनियरमा २४ सहभागी हुने बताइएको छ ।

भदौ ९ गतेसम्म हुने प्रतियोगिताका खेलहरु स्युचाटारस्थित आयोजककै कोर्टमा हुनेछ । सिनियरमा निम्स तथा जुनियरमा रेडिअन्ट साविक विजेता हुन् ।