खेलकुद

रोनाल्डोले स्पेन छाड्न चाहेको खुलासा !

म्याड्रिड । विश्वप्रसिद्ध फुटबल स्टार तथा रियल म्याड्रिडका अग्रपङ्तिका खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनमा करका बिषयमा अनावश्यक झमेला दिएको जनाउँदै “आफू इङ्ल्याण्ड फिर्ता हुन चाहेको” बताएको स्पेनी रेडियो स्टेसन क्याडेना सेरले शनिबार जनाएको छ ।

रियल म्याड्रिड क्लबका तर्फबाट खेल्दै आएका पोर्चुगाली खेलाडी रोनाल्डोमाथि कर छली गरेको आरोपमा सोमबार अदालतले सुनुवाईका लागि बोलाएको छ । उनीमाथि एक करोड ७३ लाख अमेरिकी डलर बाराबरको कर छली गरेको आरोपमा स्पेनी अदालतमा मुद्दा चलाइएको छ ।
रोनाल्डोले बेलायती भर्जिज आइलेण्डस र आएरल्याण्डमा रहँदा ख्याति कमाएका थिए । यद्यपि रोनाल्डोले भने सन् २००४ मा आफूले बेलायती क्लब म्यानचेस्टर यूनाइटेडमा रहँदा सामान्य उचाई हाँसिल गरेपनि आफूले सन् २००९ मा रियलमा प्रवेश गरेपछि व्यापक ख्याति पाएको बताउदै आइएको छ ।

स्पेनमा उच्च तहका सवै फुटबल खेलाडीमाथि कर छली आरोपमा अनुसन्धान जारी राखिएको बताएपनि रोनाल्डोले भने आफ्नो प्रसिद्धिमा प्रभाव पार्ने अभिप्रायले सो आरोप लगाइएको दावी गरेका छन् ।

उनले अदालतमा यदि आफू क्रिस्टियानो रोनाल्डो भनेर नचिनिएको भऐ अदालतमा हाँजिर गराइने थिएन भनी अदालतमा समेत जनाएको स्पेनी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

चार पटकसम्म विश्व विजेता बनेका रोनाल्डोले सामाजिक सञ्जाल इन्सटाग्राममा लेखेका छन्, “ मेरो चमत्कार र ख्यातिले मानिसलाई के बिगारेको थियो । कीराहरूले मात्र बत्ती र उज्यालोलाई आक्रमण गर्छन् ।”

स्पेनको आन्तरिक राजस्व मामिला सम्वद्ध जेस्था यूनियनका एक विज्ञल भनका छन्, “यदि यो मुद्दामा रोनाल्डो दोषी ठहरिएमा उहाँले कम्तिमा दुई करोड असीलाख यूरो बराबर जरिवाना र तीन बर्ष जेल सजाँए हुनेछ ।”

रियलका प्रशिक्षक जिनेदिन जिदानले जुनमा भएको च्याम्पियन लिगको फाइनलपछि रोनाल्डो दिएको बिदापछि शनिबार मात्र स्पेनमा प्रशिक्षणमा फिर्ता भएका छन् । उनलाई आराम गर्न बिदा दिइएको थियो ।