पु.समाचार

भरतपुर १९ को मतगणना सम्पन्न, वडाध्यक्षमा कर्णबहादुर गुरुङसहित कांग्रेसको प्यानल विजयी

चितवन, २१ साउन । शुक्रबार मध्यरातबाट शुरु भएको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना अहिले बिहान सकिएको छ । वडाध्यक्षमा कांग्रेसका कर्णबहादुर गुरुङसहित प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा गुरुङले १४७८ मत प्राप्त गर्दे विजयी भएका छन् ।

वडा नम्बर १९ को मगगणना सकिदा भरतपुर महानगरपालिकाका लागि एमालेका मेयर पदका उमेद्वार देवी ज्ञवाली अगाडी नै रहेका छन् भने कांग्रेस–माओवादी गठबन्धनकी उमेद्वार रेणु दाहाल २२१ मत अन्तरले पछाडी छिन् । ज्ञवालीले भरतपुर महानगरको समग्र मतपरिणाममा ४१ हजार ९४६ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी कांग्रेस– माओवादी गठबन्धनबाट रेणु दाहालले ४१ हजार ७२५ मत प्राप्त गरेकी छन् ।

अब केहीबेरपछि वडा नम्बर २० को गणना शुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनास्थलमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ ।