पु.समाचार

यस्तो छ भरतपुर महानगरपालिकाको भर्खरै प्राप्त मतपरिणाम (अपडेट)

चितवन । शुक्रबार मध्यरातबाट सुरु भएको भरतपुर महानगरपालिका वडा नम्बर १९ को पछिल्लो मतगणना परिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिएका छन् ।

ज्ञवालीले भरतपुर महानगरको समग्र मतपरिणाममा ४१ हजार ६६९ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी माओवादी–कांग्रेसका मेयरका उम्मेद्वार रेणु दाहालले ४१ हजार २५२ मत प्राप्त गरेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार वडा नम्बर १९ मा रेणु दाहालले अग्रता लिएकी छन् । तर समग्रमा भने देवी ज्ञवालीको अग्रता कायम नै छ । १९ नम्वर वडाको मत गनेर २० नम्वर वडाको सुरु गर्ने तयारी छ ।

अब वडा नम्बर १९ को बाँकी केही र वडा नम्बर २० को ३३ सय १८ मत गन्न बाँकी छ ।  मतगणनास्थलमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको बताइएको छ ।