पु.समाचार

काठमाण्डौमा घरबेटीको दादागीरी, बहालवालालाई सास्ती

काठमाण्डौ, १९ साउन । काठमाण्डौमा मान्छेको भिड अचाक्ली । लाग्छ, मान्छेकै शहर हो यो । फेरी अर्कोतिर हेरो यातायातका साधन उस्तै खचाखच । ओहो ! भिड छिचोलेर गन्तब्यमा पुग्दा कस्तो होला ? लामै श्वास तानिन्छ क्यारे ! हैन, यतिका बिधि मान्छे आउछन् कहाँबाट ? किन यहाँसम्म आए होलान् ! एकछिन टक्क अडिएरै सोच्न बाध्य बनाउछ । बिहान १० बजे र अपरान्ह ४ बजे आसपासको समय बाटोमा असाध्यै भीड । अन्य समय पनि उस्तै नै हो तै केही राहतको अनुभुति हुने । वास्तवमै देशको राजधानी अवसर र चुनौती दुवै बराबर भएको शहर । कोही रहरमा त कोही बाध्यतामा आफ्नो थाकथलो छोडेर अन्जान शहरमा परिस्थितीसंग जुध्न आइपुगेकाहरु नै भेटिन्छन्, यहाँ धेरै जसो । तर यहाँ बस्नेहरुको दैनिकी भनिसाध्य छैन । तर जे होस् आफु जस्तै अरु धेरै देख्न पाइने भएकैले पनि होला ! यहाँ हाँसेर बाच्न अभ्यस्त बनिसकेका भेटिन्छन् मान्छेहरु । साँच्चै मान्छेको भीड अत्यास लाग्दो छ यहाँ । दिनभरी यीनै बाटोले थेग्न हम्मे परेका यतिका बिध्न मान्छे रातपरेसंगै ओतिन्छन् कहाँ ? मनमा प्रश्न उठ्नु स्वभाविक छ ।

काठमाडौँ छिरेसंगै पहिलो समस्या शुरु हुन्छ कोठा भाडाको । योे शहरका लागि नव प्रवेशीहरुलाई बासस्थान पाउनु देउतै मिले शरह । चिनजान, आफन्त हुँदा त एउटा कुरा नहुदा यो गगनचुम्मी शहर बोल्दैन आफैँ । कसलाई सोध्ने, घर भाडा पाइन्छ, भनेर बोलिदिने फुर्सदसम्म छैन यहाँ, सबै मान्छे ब्यस्त । कतिले त समयमै बस्ने कोठा नपाउँदा साथी र आफन्तकोमा लेपासिनु परेको तितो कथा बनाएका छन् । भनेको समयमा दाम नपाएपनि काम पाउन बरु सजिलो छ यहाँ तर आफु पायक घर भाडा पाउनु भनेको आकाशको फल आँखा तरी मर भने झै छ । सुनसरीका सागर केसी (बर्ष २७ ) बानेश्वरमा कुनै प्राईभेट अफिसमा काम गरिरहेका छन् । उनी एक घण्टा बस चडेर बासस्थान भक्तपुरको पुरानो ठिमी पुग्छन् । हरेक दिन एउटा युद्ध जिते झँै लाग्छ, उनलाई गन्तब्यमा पुग्दा । हिलो र धुलो अनि गाडीमा मान्छेको कोचाकोच त्यसमाथि स्टेशन पिच्छेको जाम उफ ! सास्ति कति हो कति । अहिले फ्लाटको १२ हजारमा परिवारसंग बस्दै आएका उनी यसअघि कोटेश्वरको महादेवस्थानमा एउटा सानो कोठाको ४ हजार तिर्दै आएका थिए । भन्छन् फ्लाट लिएर बस्न महंगो एक, दुईटा कोठा मात्रै त पाउनै मुस्किल, असुबिधा पनि उस्तै । बसाइ त टाढा भएन र ? भन्ने जिज्ञासामा उनी भन्छन् । “काम गर्ने स्थान नजिक भनेजस्तो सस्तोमा कोठा पाइदैन । टाढा बस्दा बस चढ्न ओर्लन मात्र झन्झट छैन, यातायात खर्चले पिराल्नु पिरोलेको छ ।” महिना मर्दा सागरको खल्तीमा १० हजार रुपैयाँ त पर्छ । तर त्यो पैसा एकैछिन बस्न नपाउदै घर भाडा र यातायात खर्चमै चिलिम । अरु आफ्ना योजना कति पछि धकेलिदै जान्छन् भनिसाध्य छैन । रहर कि बाध्यता शान या मान खै के लागि यो दैनिकीबाट टाढिने आँट गर्न सक्दैन कोही ।

सागरको भन्दा कम छैन, सप्तरीबाट भविश्यको खोजीमा आइपुगेका मुकेश शाहको कथा । भन्छन् “पढ्ने विद्यार्थीलाई बस्ने घर भाडा पाउनै मुस्किल, पाएपनि अति नै महंगो । सुबिधाको के कुरा र, हेर्नुस् कति पटक त कपडा धुन पनि ड्राइक्लिनर्समा पैसा तिर्नु परेको छ भने लामो समय सम्म नुहाउन नपाएर स्विमिङ पुल जानु परेको छ  । खर्चको त कुरै नगरौ, महिना दिनका लागि घरबाट पठाएको पैसा कहिलेकाहीँ त हप्ता दिनमै सकिन्छ ।”त्यसो त काठमाडौंमा कोठा भाडा नै नपाउने समस्या ठुलो होइन । पाइने कोठाहरुको भाडामा एकरुपता नहुनु र घरबेटीको अनुकुलमा बस्न र निस्कनु पर्ने बहालवालाका लागि समस्या जटिल बन्दै गएको छ । कहिँ एउटै कोठालाई ७/८ हजारसम्म पर्छ भने कतै १०/१२ हजारमा फ्लाट नै भेटिन्छ । मन लाग्दि घरभाडा लिने र मनोमानी रुपमा कोठाभाडा राख्ने चलनले बहालवालाहरु पिडीत बन्दै आएका छन् । मन परे राख्ने नत्र निकाल्दिने घरबेटीको चलन यहाँ नयाँ होइन । सरकारले पनि घरभाडामा निश्चित कानुनी मापदण्ड तयार गरेको छैन । जसका कारण घरभाडाको समस्या अस्तब्यस्त बन्दै गएको छ ।

 काठमाडौं उपत्यकामा अहिले घर तथा कोठा भाडा लगाइदिने तथा खोजीदिने एजेन्टहरुको व्यवसाय पनि मजाले चलेकै छ । उपत्यकामा सञ्चालित यस्ता घरबहाल तथा कोठा भाडामा लगाईदिने करिब ४० वटा जति सस्ंथा बैद्य रुपमा सञ्चालन भएका छन् । यस्ता केहि संस्था कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर कारोबार गर्दै आएका छन् भने केहि दर्ताबिना अवैध रुपमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । तर यिनीहरुले धेरै जसो कोठा भन्दा फ्लाट तथा घर नै खोजिदिन सघाउँछन् । कोठा तथा घर भाडामा खोजिदिने र लगाइदिनेको संगठन घरजग्गा एजेन्ट संघ नेपाल रिआनमा ३८ वटा संस्था आवद्ध छन् । रिआनका अध्यक्ष ईश्वर प्रसाद खरेलका अनुसार उपत्यकामा कोठा भाडा तथा घरभाडाको कारोबार गर्ने वैध भन्दा अवैध संस्था बढी छन् ।

यस्ता केहि एजेन्टहरुले घरधनी र कोठा भाडामा बस्ने दुबैसँग पैसा असुल्ने गरेका छन् । के कति पैसा असुल्न पाउने भन्ने बारेमा संगठनमा आफ्ना केही नियम भएपनि सरकारी नियमन नहुँदा एजेन्टका नाममा दलालीले जथाभावी शुल्क असुल्ने गरेका छन् । यसमा सरकारले चासो नदिदा यो समस्या बिकराल हुदै गएको अध्यक्ष खरेल बताउँछन् । यसमा सरकारले पनि आवश्यक कानुनको निर्माण गरी अनुगमन र नियमन गरिदिन खरेलको आग्रह छ । सरकारले आवश्यक काुनुनको निर्माण गरि यस खालका व्यवसायीहरुलाई करको दायरामा ल्याउनुपर्ने उनको तर्क छ । खरेल भन्छन् “व्यवस्थित र मर्यादित बसोबासका लागि र भाडामा एकरुपता ल्याउन पनि हामीले प्रयास गरिरहेका छौ ।” यस्तै रिआनका अर्का सदस्य किशोर थापा घर भाडा खोजिदिने बाहानामा दोहोरो पैसा नलिएको बताउँछन् । कोठा मात्रै खाली भएको त उति जानकारी हामीसम्म आइपुग्दैन । त्यसैले कोठा मात्रै खोजिदिन गाह्रो हुन्छ । तर फ्लाट वा घरै बन्दोबस्ती गरिदिदा चाँही एक वा आधा महिनासम्मको भाडादर बराबर पैसा लिने गरेको थापाले बताए । यस्तै अर्का सदस्य अच्युत नेपालले भने कोठा बन्दोबस्ति गरिदिएको २ हजार २० रुपैयाँ लिने गरेको बताएका छन् ।

                            कोठा र घर भाडा चाहिएमा कहाँ कहाँ सम्पर्क गर्ने ?     

S.N. Real Estate Address Contact Persons Contact Number
1 RentalNepal.com Jhamsikhel, Lalitpur Kishor Kharel Ph. 015522899, Cell: 9851075188
2 Green Real Estate Bakundol, Lalitpur D.B. Chhetri Ph. 015551291

Cell: 9841-365793

3 Bhandari Real Estate Maharjagunj , KTM Hem Bhandari Ph. 4720147,

Cell: 98510-67692

4 Manakamana Real Estate Basundhara, KTM Saroj Naupane Ph. 4361226,

Cell: 98510-10629

5 Reliable Real Estate Nakhhu, Lalitpur Pratab Shrestha Cell: 9841260420
6 TJ’s Home Finder Real Estate Man Bhawan, Lalitpur Arun Thapa Cell: 98510-92810
7 Sugam Real Estate Jhamsikhel, Lalitpur Buddhi Man Tamang Cell: 9851037826
8 GharGadi Sansar Samakhusi, KTM Prem Kharel Cell: 9841-364699
9 eGharJagga.com Naxal, Nagpokhari, KTM Raj Kumar Upreti Ph. 016222364,

Cell: 9851075881

10 Lotush Real Estate Baneshwor, KTM Keshar Thapa Cell: 98510-45302
11 Om Shai Ram Real Estate Baneshwor, KTM Praladha Gurung Cell: 9721411138
12 Archana Real Estate Santinagar, KTM Achuyat Nepal Cell: 9842-020510

Cell: 98510-44739

13 Bhumika Real Estate Baneshwor, KTM Dhruba Dulal Cell:9841215192,

Cell: 9851136162