पु.समाचार

डा. गोबिन्द केसीको समर्थनमा टिचिङ अस्पतालको ओपिडि सेवा बहिस्कार, बिरामी प्रभावित

चिकित्सा क्षेत्र सुधारको माग गर्दै पटक पटक अनसन बस्दै आएका डा.गोविन्द केसी पछिल्लो पटक १० दिनदेखि अनसनरत छन् ।

डा. केसीको मागमा समर्थन जनाउँदै त्रिवि शिक्षण अस्पताल(टिचिङ) महाराजगन्जका आवासीय चिकित्सकहरुले आजदेखि ओपिडी सेवासमेत बहिस्कार गरेका छन् । नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनको आह्वानमा आवासीय चिकित्सकहरुले आज ओपिडी सेवा बहिस्कार गरेका हुन् ।

आवासीय चिकित्सकहरुले पठनपाठनका कुनै पनि शैक्षिक कार्यक्रममा समेत सरिक नहुने घोषणा गरेका छन् । एसोसिएसनले डा. केसीका माग तत्काल पूरा गर्न माग गरेको छ । शिक्षण अस्पतालमा हाल ३ सय ५० जना आवासीय चिकित्सक छन् । उनीहरुले काम ठप्प पारेपछि बिरामीको उपचारसमेत प्रभावित भएको छ । यसैबीच १० दिनदेखि आमरण अनसनमा बसेका डा।केसीको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको छ ।