मनोरञ्जन

बन्द हुने भयो चर्चित ‘‘दि कपिल शर्मा शो’’ कारण यस्तो छ

टिभि रेटिङ्ग प्वाईन्ट (TRP)मा प्राय सँधै पहिलो स्थानमा रहने भारतिय च्यानल सोनीबाट प्रसारित हुने चर्चित पारीवारिक कमेडी शो ‘दि कपिल शर्मा शो’ बन्द हुने तरखरमा छ ।

उक्त शो प्रतिको लोकप्रियता घट्नुको साथै कपिलको स्वास्थ्यमा समस्या आई पर्नुको कारण सोनी च्यानलले कपिलसँगको सम्झौता पुर्न नविकरण गर्न नमानेको बताइएको छ ।
गत केही महिना देखी कपिलको स्वास्थ्यमा निकै खराबी देखीएको बताइएको छ । कार्यक्रमको तयारी गर्ने क्रममा पनि उनी तिन पटक सम्म वेहोस भएको र प्रमोशनको लागी आएका विभिन्न कलाकारहरु सुटिङ्ग नगरी फर्किनु परेको समेत जानकारी आएको छ ।
हालै चलचित्र ‘मुबारखा’का नायक अनिल कपुर, ‘जब् ह्यारी मेट सेजल’का शाहरुख खान र अनुस्का शर्मा, परेश रावल जस्ता कलाकारहरु प्रमोशनको क्रममा आएको तर कपिलको त्यस्तो स्थितिले गर्दा सुटिङ्ग समेत नगरी फर्किनु परेको थियो । उनको दोश्रो चलचित्र ‘फिरंगी’को सुटिङ्गको क्रममा पनि उनी वेहोस भएको बताइएको थियो ।
शो बन्द हुने मुख्य कारण सुनील ग्रोभर, अस्गर अली र सुगन्धा मिश्रा जस्ता हास्य कलाकारहरुले शो छोड्नु र लोकप्रियता घट्नु पनि बताईएको छ । टिभि रेटिङ्ग प्वाईन्ट (TRP) अन्तरगत पहिलो स्थानमा हुने गरेको यो कार्यक्रम अहिले भने १४ औँ स्थानमा छ ।