खेलकुद

नेपालमा अहिलेसम्मकै ठूलो राशीको क्रिकेट प्रतियोगता आयोजना हुँदै

काठमाण्डौ । नेपालमा अहिलेसम्मकै ठूलो राशीको क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी डिसेम्बरमा हुने एभरेष्ट प्रिमियर लिगको दोश्रो संस्करणको उक्त प्रतियोगितालाई नेपालको अहिलेसम्मकै सर्वाधिक राशीको क्रिकेट प्रतियोतिा मानिएको छ ।

सो प्रतियोगितामा उपाधि जित्ने टिमले २१ लाख रुपैयाँ राशीको पुरस्कार पाउने बताइएको छ । सो प्रतियोगिताको प्रतिस्पधीका रुपमा अब प्रधानमन्त्री कप प्रतियोगिता रहनेछ । उक्त प्रतियोगिताका विजेताहरुले २० लाख राशीको पुरस्कार पाउँदै आएका छन् ।

आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एभरेष्ट प्रिमियर लिग प्रालिले सो कुराको जानकारी दिएको छ ।

राजधानीको किर्तीपुरमा हुने सो प्रतियोगितामा मुलुकका पोखरा, विराटनगर, काठमाण्डौ लगायतका स्थानबाट खेलाडीहरु सहभागी हुने समेत जनाइएको छ ।