राजनीति

निर्वाचन क्षेत्र निर्धारण आयोगले गर्यो अन्तिम तयारी

काठमाण्डौ । निर्वाचन क्षेत्र निर्धारण आयोगले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीति दलहरुसँगको छलफलपछि प्रदेश स्तरबाटै क्षेत्र निर्धारण गर्ने निश्कर्ष निकालेको छ ।

\आइतबार आयोग र दलका प्रतिनिधिहरुबीच भएको छलफलमार्फत सो निश्कर्ष निकालिएको हो ।

पहिले प्रदेशस्तरमा जनसंख्या र भूगोलहरुलाई आधार बनाए क्षेत्र निर्धारण गर्ने र त्यसपछि मात्र प्रत्येक जिल्लामा एउटा अनिवार्य हुने गरी क्षेत्र निर्धारण गर्न दलहरुले दिएको सुझावमा आयोग सहमत भएको कुरा सोमबारको नयाँ पत्रिका दैनिकले लेखेको छ ।