समाचार

यी रहेछन् पर्वतमा आत्महत्या गर्ने युगल जोडी

पवर्त ।  नेपालको सबैभन्दा अग्लो पुल कुस्मा ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या गर्ने प्रेमिल जोडीको पहिचान खुलेको छ ।
पुलबाट हामफालेर आत्महत्या शिर्षकमा नेपाल समाचारपत्रमा प्रकाशित खबरअनुसार आत्महत्या गर्नेमा  धरान उपमहानगरपालिका ११ सुनसरीका २६ बर्षीय अकिन गुरुङ. ललितपुर उपमहानगरपालिका १४ ढिलाहिटीकी २५ बर्षीय मुना राना छन् ।

थप खबरअनुसार पर्वतको कुस्माबजार र ज्ञादी जोड्ने पुलबाट हामफालेर शनिबार राति यो जोडीले आतमहत्या गरेका हो ।

जोडीको शव आइतबार बिहान मोदीखोला किनारबाट प्रहरीले निकालेको हो । केही दिनअघि मुस्ताङ घुम्न आएका उनीहरु शनिबार दिउँसो कुश्मा आसपास घुमफिर गरेका थिए ।