आर्थिक

अन्ततः गुरुङ्ग नियुक्त भए सिभिल बैंकको कार्यकारी अधिकृत

काठमाण्डौ । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा गोबिन्द गुरुङ्ग नियुक्त भएका छन् । गुरुङ्ग गत बैशाख १२ गते देखि का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको पदावधि २०७४ श्रावण १२ गतेबाट सकिएपछि निज गुरुङ्ग प्रमुख कार्यकारी अधिकृतको नेतृत्वदायी भुमिकामा नियुक्त  भएका हुन् ।

गोबिन्द गुरुङ्ग नेपालको बैंकिङ्ग क्षेत्रमा चिर परिचित नाम हो । गुरुङ्गँ विगत २१ बर्ष देखि बैंकिङ्ग क्षेत्रमा सकृय छन् । हिमालयन बैंक, तत्कालिन ग्लोबल बैंक, मेगा बैंक हुँदै सिभिल बैंकमा विगत ५ बर्ष देखि आबद्ध छन् । बैंकको व्यवस्थापनको नयाँ नेतृत्वले बैंकको कार्यशैलीमा सुधार गर्दै शेयर होल्डरलाई बढी भन्दा बढी प्रतिफल प्रदान गर्ने प्रतिवद्घताका साथै ग्राहकवर्गलाई नवीनतम् सेवा तथा सुविधाहरु प्रदान गर्ने कुरा बैंकका नव नियूक्त प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताएका छन् ।