समाचार

धेरै ट्राफिक जामको कारण २ कि.मी नदि पौडेर अफिस जाने–आउने गर्छन् यी ब्यक्ति

ठूला–ठूला सहरमा आई लाग्ने मुख्य समस्या भनेको नै ट्रफिक जाम हो । ट्रफिक जामले गर्दा सर्वसाधारणको जिवन कठिनाइ बनाएको छ । बिहान अफिस जाने समयमा र बेलुका अफिस छुट्टी भएर घर फर्किने समयमा धेरै जाम हुने गर्दछ । बिहान अफिस जाने समयमा जामको कारण ढिला भएर बोसको चेतना पाएको, समस्याहरु भएको कुराहरु निरन्तर भइ नै रहन्छ यस्ता शहरहरुमा ।
आज हामी कुरा गर्दैछौँ जर्मनीका एक ब्यक्तिको जो यस्तो समस्याबाट हैरान भएर मुक्ति पाउन यस्तो उपाय अप्नाए जस्ले गर्दा ऊ जाममा नपरि समयमै अफिस पुग्ने गर्छन् ।
जर्मनी स्थित म्युनिक शहरका डेभिड बेन्जामिन नामक एक ब्यक्ति ट्राफिक समस्याबाट पीडित भएर आफ्नो अफिस पनि प्राय जहिल्यै ढिलो पुग्ने गर्थे । अहिले भने उनी यो समस्याबाट मुक्त भएका छन् । अहिले उनी सडकको जाममा नपरी अफिस जाने गर्छन् । उनी नदीको बाटो हुँदै पौडेर अफिस जाने गर्छन् ।

उनी आफ्ना कपडा, ल्यापटप तथा जुत्ता एउटा वाटर प्रुफ झोलामा कोचेर दिनै सहरको बीचबाट बग्ने इसार नदी हुँदै पौडी खेलेर अफिस जान्छन् । २ किलोमिटर पौडीदै उनी दिनै अफिस जाने आउने गर्दछन् । स्वास्थको लागी पनि राम्रो र अफिस पनि जाममा नपरी समयमै पुगिने भएकोले उनी आफु खुशी भएको ब्यक्त गर्छन् र यसरी नै अफिस जान रुचाउछन् । धेरै मान्छेहरु उनको यो कार्य देखेर हाँसे पनि उनी केही वास्ता गर्दैनन् ।
कतिपय मानिसहरु उनको यो कार्य देखेर हाँस्छन् पनि । तर उनलाई मानिसको खिसी देखि कुनै मतलब छैन । उनी यसैगरी अफिस जान रुचाउँछन् । आजकल जाम कुर्नु नपर्दा उनी सधै समयमै अफिस पुग्न थालेका छन् ।