समाचार

राप्रपा अध्यक्ष थापाले दिए प्रधानमन्त्री देउवालाई धन्यवाद !

काठमाण्डौ । राप्रपा अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई सरकारमा समावेश नगरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् । सो पार्टीले सरकारमा जाने आफ्नो पार्टीको अध्याय समाप्त भएको भोलिपल्टै अध्यक्ष थापाले प्रधानमन्त्री देउवालाई पार्टी सत्तामुखी राजनीतिबाट अलग हुने मौका पाएको भन्दै सो प्रतिक्रिया दिएका हुन् ।

अध्यक्ष थापाले शनिबारमा आफ्नो ट्वीट अकाउन्टमा स्टाटस् लेख्दै आफ्नो पार्टी शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा जाने साइत नजुरेको भन्दै त्यसले अब पार्टीधित्र आत्मसमीक्षा र कोर्स कनेक्सनका लागि परिस्थिति समेत निर्माण भएको स्पट पारेका छन् ।

राप्रपा सत्तामुखी हुने प्रवृत्तिबाट बचेको संकेत गर्दै उनले प्रधानमन्त्री देउवालाई सचिने मौका दिएको धन्यवाद समेत दिएका छन् । उनले भनेका छन, ‘यसअर्थमा प्रधाननमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिन चाहान्छौ ।’