खेलकुद

पाकिस्तानका चर्चित खेलाडी अख्तरले गरे अनौठो खुलासा !

एजेन्सी । पाकिस्तानका चर्चित क्रिकेट खेलाडी सोएब अख्तरले आफ्नो खेल जीवनका बारेमा एउटा अनौठो र रहस्यमय खुलासा गरेका छन् । खेलमैदानमा रहँदा आफुले एकजना ब्याट्सम्यानलाई जति मेहनत गर्दा पनि घाइते बनाउन नसकेको खुलासा गरेका हुन् ।

अख्तर यस्ता खेलाडी हुन्, जसले आफ्नो खेल जीवनमा थुप्रै ब्याट्सम्यानहरुलाई घाइते बनाएका घटनाहरु पाइन्छन् । तर उनले केही दिनअघि आफ्नो ट्वीट्स अकाउन्टमा स्टाटस् लेख्दै अष्ट्रेलियाका ब्याट्सम्यान माथ्यु हेडनलाई घाइते बनाउने चाहान राखे पनि कहिल्यै त्यो सपना पुरा नभएको खुलासा गरेका छन् ।

क्रिकेट खेल जीवनमा खेलाडीहरुबीचमा एकअर्कालाई प्रहार गर्दा संयोगबश दुर्घटना हुनु फरक कुरा हो, तर यसरी योजनाबद्ध रुपमै ब्याट्सम्यानलाई घाइते बनाउने योजनाको पर्दाफास भएकोचाहि पहिलो पटक भएको भन्दै सञ्चामाध्यामहरुले समाचार प्रसारण गरिहेका छन् ।