आर्थिक

प्रभु बैंकको नयाँ साखा गुर्जुधारामा

काठमाण्डौ । प्रभु बैंकले काठमाण्डौको गुर्जुधारामा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ ।

नेपाली काँग्रेसका तर्फबाट निर्बाचित भएका साँसद राजेन्द« कुमार के.सी.ले आइतबार एक समारोहका विच उक्त शाखा कार्यालयको समुद्घाटन गरेपछि साखा संचालनमा आएको छ ।

बैंकले उपत्यका भित्रका बैंकिङ्गको पहुँच नपुगेको स्थानमा शाखा खोल्ने क्रममा उक्त स्थानमा सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको अत्याधुनिक शाखा स्थापना गरिएको हो ।

उक्त शाखा मार्फत काठमाण्डौ क्षेत्र नं. १० का उद्योगी, व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य संस्था,लगायत सर्वसाधारणहरुले बचत, कर्जासंगै अन्य बैंकिङ्ग सुविधाहरु सरल र सहजरुपमा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष, सुरक्षा निकायका प्रमुख, स्थानीय व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।