राजनीति

काँग्रेस नेतृ रेग्मीले भनिन्, ‘३३ प्रतिशत महिलालाई मन्त्री दिईएन भने प्रधानमन्त्री बिरद्ध आन्दोलन गर्छौं’

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंगठन नेपाल महिला संघले आफूहरुले क्याबिनेटमा ३३ प्रतिशत हैशियत नपाए आन्दोलन गर्ने चेतावनी दिएको छ । सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस भगिनी संगठनको अध्यक्षको रुपमा रहेकी उमा रेग्मीले आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री भएका बेला बिरोध गर्नु नपरोस भनेर पार्टी सभापति देउवालाई सम्झाएको दावी गर्दै प्रधानमन्त्रीले हेरौंला भनेको र कार्यान्वयन नभएमा आन्दोलन गर्ने बताएकी छन् ।

केहि महिना अगाडीमात्र महिलासंघको अध्यक्षको रुपमा निर्बाचित भएकी रेग्मीले हामीले विगतदेखि नै महिला सहभागीताका बारेमा बिशेष जोडले कुराहरु उठाउदै आएका छौं, अहिले हाम्रो पार्टी सरकारमा छ, माओबादीको समेत सहभागीतामा सरकार निर्माण भएको छ, दुई पार्टी महिला सहभागीताबारे गम्भीर हुनुपर्छ । भन्ने मेरो धारण हो । काठमाण्डौमा पत्रकार सम्मेलन गरेर फुल मन्त्रीको ३३ प्रतिशत महिला कुनै हालतमा सहभागीता हुनुपर्ने माग तीब्र रुपमा राखेकी छन् ।

महिला आन्दोलनमा सबै क्षेत्रमा ३३ प्रतिशत महिला हुनुपर्ने आवाज उठिरहेका बेला रेग्मीले उक्त आवाज उठाउनु राजनीतिक बृतमा अर्थपूर्ण पमा हेरिएके छ ।