खेलकुद

रियल मर्डिड पराजित

एजेन्सी । प्रि–सिजन मैत्रीपूर्ण खेलमा च्याम्पियन्स लिग च्याम्पियन रियल मड्रिडलाई म्यानचेस्टर युनाइटेडले टाइब्रेकरमा हराएको छ ।

अमेरिकाको सान्टा क्लारामा सोमबार बिहान भएको खेलको निर्धारित समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

एन्थोनी मार्शलको पासमा जेसी लिंगार्डले गोल गर्दै पहिलो हाफमा म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाए । तर ला लिगा तथा च्याम्पियन्स लिग च्याम्पियन रियल मड्रिडका लागि कासमेइरोले बराबरी गोल फर्काए । निर्धारित समयको खेल १–१ को बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लियो ।

पेनाल्टी सुटआउटमा दुवै तर्फबाट प्रहार गरिएका १० मध्ये ७ पेनाल्टी गोलमा परिणत हुन सकेनन् ।

पेनाल्टी सुटआउटमा रियल मड्रिडले एक गोल मात्र गर्दै सक्यो । म्यानचेस्टर युनाइटेडले दुई गोल गर्योन र जित आफ्नो पक्षमा  पार्न सफल भयो ।

युनाइटेडका एन्थोनी मार्शल, स्कोट म्याकटोमिनाय र भिक्टर लिन्डेलोफले प्रहार गरेको पेनाल्टी गोलमा परिणत हुन सकेन ।