अन्तर्राष्ट्रिय

अमेरिकामा पार्किङ गरिएर राखिएको ट्रकभित्र आठ जना मृत फेला

एजेन्सी । अमेरिकाको टेक्सास राज्यको सान एन्टोनिओ शहरस्थित एउटा वालमार्टबाहिर पार्क गरिएको ट्रकमा आठजना मृत फेला परेको प्रहरीले जनाएको छ।

अन्य २० जनालाई जटिल वा गम्भीर अवस्थामा फेला पारिएको र उनीहरुलाई स्थानीय अस्पताल पुर्याइएको छ।

उनीहरुमध्ये केहीको शरीरमा पानीको मात्रा निकै कम पाइएको र केहीलाई लू लागेको अधिकारीहरुले बताएका छन्।

उक्त ट्रक कहाँबाट आएको थियो भनी प्रहरीले खुलाएको छैन। ट्रक चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अमेरिकी अध्यागमन विभागले पीडितहरुको हैसियतबारे थाहा पाउने प्रयास गरिरहेको छ।