समाचार

पश्चिम बंगाल सरकारले लगायो नेपालीभाषीहरुमाथि फेरि अर्को प्रतिबन्ध !

सिलगुढी । पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ ।

सिलगुढीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्कको कार्याल्यमा शनिबार राति साढे १ बजे प्रहरीले तालाबन्दी गरेको छ । ईन्टरनेट सेवामा एक महिनाअघिदेखि नै प्रतिबन्ध छ ।

सोमबारको कान्तिपुरमा लेखिएको छ, भारतमै पहिलो नेपाली टिभि च्यानलमाथि प्रतिबन्धपछि दार्जिलिङका नेपालीभाषी थप आन्दोलित बनेका छन् ।