राजनीति

काँग्रेस बैठक तेस्रो दिन आज सोमबार पनि बस्ने, गम्भिर छलफल चल्दै

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको शनिबारदेखि जारी बैठक पार्टी पदाधिकारी एवम् सदस्यले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले सोमबार पुनः बस्ने गरी स्थगित भएको छ ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आईतबार दिनभर पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षामा केन्द्रित रहेर केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी रहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आजको बैठकमा केन्द्रीय सदस्य डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, दीलेन्द्रप्रसाद बडू, एनपी साउद, अर्जुनप्रसाद जोशी, जीवनबहादुर शाही, नवीन्द्रराज जोशी, अम्बिका बस्नेत, पुष्पा भुसाल, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, ईश्वरी न्यौपाने, सीता गुरुङ, केशवकुमार बुढाथोकी, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश लेखक र किरण यादवले आ–आफ्नो धारणा राखेका थिए ।

बैठक सोमबार बिहान ११ बजे पुनः बस्नेछ ।