खेलकुद

नेपाली क्रिकेट जगतमा आइसीसीले दियो नयाँ मोडको संकेत

काठमाण्डौ । नेपाली क्रिकेट जगत अब नयाँ मोडमा पुग्ने संकेत देखिएको छ । शनिबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)कौ बैठकमा सो संगठनका अधिकारीले नयाँ संकेत दिएका हुन् ।  केही महिनाअघि नेपाली क्रिकेटमा अनावश्यक हस्तक्षेप भएको भन्दै आइसीसीले नेपाली क्रिकेट संघको आधिकारिक संस्था क्यानलाई नै निलम्बन गरेको थियो ।

त्यसलगत्तै एउटा नयाँ टिम तयार पारेर विधान निर्माण्का लागि सल्लाहका समित निर्माण गरिएको थियो । जसमा विनयराज पाण्डे, वसन्त चौधरी, चूडामणि पौडेल लगायत रहेका थिए । सो समितिले नेपाल क्रिकेट संघको प्रस्तावित नयाँ विधान आईसीसीलाई बुझाएको थियो ।

शनिबार सोही विधानबारे प्रस्ट पार्न बैठक राखिएको जनाइएको छ । बैठकमा आइसीसी उपाध्याक्ष इमरान ख्वाजा लगायतका पदाधिकारीहरु उपस्थित थिए । सो बैठकको निर्णयबारे आइतबार प्रेस विज्ञप्ति जारी गर्ने तयारी भैरहेको बताइएको छ ।