आर्थिक

कर फछर्याेट आयोगका अधिकारीबारे यस्तो खुलासा

काठमाण्डौ । कर फछ्र्योट आयोगका पदाधिकारीले राजश्व रकम, दर्ता नम्बर एवं दर्ता र पत्राचार मिति समेत फेरेर बदनियतपूर्वक कर मिनाहा गरेको खुलासा भएको छ ।

आयोगमा व्यवसायीको निवेदन दर्ता र कर फछ्र्योटपछि पत्राचारका क्रममा तथ्याक नै केरमेट गरिएको र सर्वसम्मत निर्णयसमेत सच्याएको भेटिएको छ ।

आइतबारको कान्तिपुरमा लेखिएको छ, केही फाइलमा सर्वसम्मत निर्णय भइसकेको विषयलाई आयोगका तत्कालिन सदस्य सचिव चूणमणि शर्माले केरमेट गरेर सच्याई हस्ताक्षर गरेको समेत देखिन्छ ।