राजनीति

बृद्धभत्ता काँग्रेसले बाँड्न शुरुवात गरेको हो तर प्रचार गर्न जानेन: डा शसाँक कोईराला

काठमाडौँ । नेपाली काँग्रेसका माहामन्त्री डा. शसाँक कोईरालाले बृद्धभत्ता नेपाली काँग्रेसले बितरण गरेको दाबी गरेका छन् । डा. कोईरालाले उक्त बृद्ध भत्तालाई डबल बनाउने काम मात्र एमालेले गरेको भएपनि काँग्रेसले आफूले गरेका कामको प्रचार गर्न नजानेको बताएका छन् ।

पैतिसौँ बिपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा आयोजित बिपी कोइराला र लोककल्याणकारी राज्य विषयक अन्तरक्रियामा प्रमुख अतिथीका रुपमा बोल्दै नेपाली काँग्रेसका महामन्त्री डा शशांङक कोइरालाले नेतालाई सम्मान दिने गणेशमानजी र कार्यकताको माया, ममता र हेरविचार पु¥याउने बिपीको कार्य शैलीका कारण आजसम्म नेपाली काँग्रेस बाँचेको बताएका छन् ।

एमबिबिएस पढन आफनो धेरै नम्बर भए पनि कार्यकर्ताकी थोरै नम्बर ल्याउने छोरीलाई सिफारिस गरिदिएपछि बिपीसँग बिलौना गरेको स्मरण सुनाउँदै महामन्त्री डा कोइरालाले बिपीले त्यसबेला कार्यकर्ताको छोरीलाई सिफारिस गरेर न्याय गरेको चर्चा गरे ।

मेलमिलापको नीति लिएर स्वदेश फर्कने बिपीको विचारप्रति लामो समयसम्म बहस भएको स्मरण गर्दै महामन्त्री कोइरालाले गणेशमानजी लगायतका नेताले नेपाल फर्कने बित्तिकै झुन्ड्याइ दिए भने के गर्ने ? भन्ने प्रश्नमा बिपीले म पहिला जान्छु, यदि मलाई झुन्ड्या भने राजनीतिक माहौल बन्छ, त्यसको नेतृत्व तपार्इंहरुले गर्नुपर्छ भनेर भनेको कुरा पनि स्मरण गराए ।

लिटिल एन्जल स्कुलका प्रिन्सिपल एबम् सांसद उमेश श्रेष्ठले नेपाली काँग्रेसले नेतृत्व गरेर लोकतन्त्र र समृद्धिको एजेण्डालाई अघि बढाउन र शिक्षालाई आमूलपरिवर्तन गरेर व्यवहार मुखी बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

आयोजक संस्था बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले बिपीले अघि सार्नुभएका सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको हू.दा विषय विज्ञलाई ती विषयमा छलफल गरेर लागू गर्ने विषयको शुरुवात गर्न लागिएको जानकारी दिए ।