अन्तर्राष्ट्रिय

तीनजना प्रहरी मारिएपछि जेरुसेलममा तनाव

एजेन्सी । जेरुसलेममा मुसलमानले हरम अल-शरीफ र यहुदीले टेम्पल माउण्ट भन्ने गरेको पवित्रस्थलमा तनाव बढ्दै जाँदा इजरेली प्रहरीसंगको भिडन्तमा दर्जनौं प्यालेस्टिनी घाईते भएका छन्।

पुरानो शहरको पर्खालभित्र प्रदर्शनकारीले ढुंगा र अरु वस्तुहरु फ्याँकेपछि उनीहरुमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिएको छ। सो पवित्रस्थलमा एकजना प्यालेस्टिनी युवाको पनि गोली लागेर मृत्यु भएको बताइएको छ तर त्यसको पृष्ठभूमि स्पष्ट छैन।

शुक्रबार तीनजना इजरेली अरब बन्दुकधारीले दुईजना इजरेली प्रहरीलाई मारेपछि त्यहाँ तनाव बढेको हो।