समाचार

युवतीलाई बैज्जत गर्दै सडकमा कुट्नेलाई जन्मकैदको मुद्धा दर्ता, प्रहरी निरिक्षक समेत परे कारबाहीमा

भैरहवा । तल्लो जातको युवासंग प्रेमसम्बन्ध राखेको आरोपमा मरणासन्न हुनेगरी कुटपीट गरेको आरोपमा रुपन्देहीको सम्मरीमाई गाउंपालिकामा ५ जनालाई ज्यानमुद्धा दर्ता गरिएको छ ।

प्रहरीनिरीक्षक उदयसिंह सिजापतिले समेत उक्त घटनामा हेलचेक्र्याई गरेको भनी बिभागीय कारबाही गरिएको छ ।

रुपन्देही प्रहरी प्रमुख रबीन्द्र धानुकका अनुसार युवतीका बाबु ईनर यादवसहित ५ जनालाई ज्यानमार्ने उद्योगमा जिल्ला अदालतमा मुद्धा अगाडी बढाईएको छ ।

मुद्धा चलाईएकाहरु ५५ बर्षीया लालमोहर अहिब यादब, ४६ बर्षीया ईनर यादब, २५ बर्षीय पशुपति कोईरी, १८ बर्षीय दिनेश यादब र लालमोहरकी श्रीमती रहेको प्रहरीले जनाएको छ ।

प्रहरी निरिक्षक सिजापतिलाई जिल्ला प्रहरी कार्यालय तानेर सोधपुछ भईरहेको धानुकले बताए । उक्त गाँउपालिकामा युवतीलाई जथाभाबी गरेकोमा स्थानीय जनप्रतिनिधिले रु एक लाख तिराई प्रहरीलाई पीडकलाई कडा कारबाही गर्न दबाब पदिएका थिए ।

यस्ता अमानबिय घटना बिगतमा पनि नघटेका होईनन् तर कडा कारबाहीका लागी आवाज भने उठेको थिएन रुपन्देही प्रहरी प्रहरी उपरिक्षक धानुक र स्थानीय जनप्रतिनिधिले पीडित युवतीलाई न्याय दिलाउन पनि पीडकलाई हदैसम्मको कारबाही गर्नु स्वागतयोग्य हुन्छ ।