राजनीति

तीन कोईरालाहरुको मिलनको बिषयमा अमेरिकादेखि काठ्माडौसम्म यस्तो आयो प्रतिकृया

दुईदिन अगाडीमात्र काँग्रेसका तीन हस्ती कोईराला परिवार सदस्य तत्कालीन शक्तीसाली काँग्रेस नेता गिरिजा प्रसाद कोईरालाकी पुत्री सुजाता कोईराला, बीपी पुत्र डा. शसाँक कोईराला, प्रभाबशाली केन्द्रीय सदस्य तथा नोना पुत्र डा. शेखर कोईरालाको सौहार्दपूर्ण भेट भयो । महामन्त्री डा.शसाँक कोईरालाको निवास टोखामा भएको उक्त भेटपछि सामाजिक सञ्जाल लगायत बिभिन्न मिडियामा बिभिन्न तरिकाले टिका टिप्पणीहरु भए् । नेपाली काँग्रेसका केहि कार्यकर्ताहरुले खुसी ब्यक्त गरे भने केहिले अर्को गुट जन्मिने भयो भनेर दुःख समेत ब्यक्त गरेका छन् । सामाजिक सञ्जालमा राखेका तीन कोईरालाको भेटको तस्वीर पछि आएका कृया प्रतिकृयाहरु मध्ये हामीले छानेर ५ वटा महत्वपूर्ण प्रतिकृया तथा सुझाबहरु प्रश्तुत गर्ने प्रयास गरेका छौ । कोइराला परिवारका शुभचिन्तकले राखेको सुझाब, सद्भाब तथा सल्लाह तपाईलाई कस्तो लाग्छ कृपया प्रतिकृया दिनुभएका मध्ये उत्कृष्ट एकलाई हाम्रो अनलाईन पत्रिकामा प्रकाशित गरिनेछ ।

-पुरुसोत्तम ढाकाल

‘शुभकामना नेताहरु शेखर, सुजाता र शशांकलाई, नायकत्व र नेतृत्वको संकल्प बोकेर राष्ट्रियता, प्रजातन्त्र र समाजवादको लक्ष सहित सुरु गरिएको यो स्वर्णिम यात्रामा’
जहाँनिया शासन बिरुद्ध बिद्रोह गर्ने कृष्णप्रशाद कोइरालाका सुपुत्र बीपी कोइरालाले सानो हिमाली राज्य नेपाललाई आधुनिक देश बनाउन र विश्व मानचित्रमा स्थापित गर्न उत्तरको छिमेकी चीनलाई राष्ट्रसंघको सदस्यताका लागि समर्थन जनाउने देखी इजरायललाई देशको मान्यता दिने पहिलो राष्ट्रको रुपमा गरेको युगान्तकारी निर्णय मात्र होइन दुई ध्रवमा विभाजित तत्कालिन विश्वमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नयाँ अवधारणा समेत प्रस्तुत गर्नु भयो हो त्यहि युगान्तकारी निर्णयहरु दक्षिणको छिमेकी भारतको नेतृत्व नेहरु र उत्तरको छिमेकी चीनको नेतृत्व चाउएनलाई जस्ता नेताहरुलाई पाच्य नभएकै कारण नेपालको प्रजातान्त्रिक सरकार अपदस्त गर्ने देखी सक्रिय राजतन्त्रको उदयको कारण बन्यो । नेपालको प्रजातन्त्रको घांटी निमोठियो र बीपीलाई नजरबन्द गर्दै कालान्तरमा लामो समय जेलमा राख्दा दक्षिण र उत्तर मौन बसेर राजा महेन्द्र महेन्द्र मार्फत आ-आफ्ना अभिष्ट पुरा गर्न उद्यत रहे । भूपिले भने जस्तै बुद्धु र बहादुर नेपाली ३० वर्ष एकछत्र सत्ता चलाउने राजा वीरेन्द्र जसले आफ्नो जिवन कालमा ३० किलोमिटर पक्कि सडक समेत बनाएन र बाँकी दुनियाबाट नेपाललाई अलग राखे जसको परिवार सुरा, सुन्दरी, षड्यन्त्र, दुर्व्यसनकै कारण वंश नास भयो आजपर्यन्त घर-घर र जन-जनको सिरानीमा तिनै राजाको तस्बिर छ । कृष्णप्रशाद कोइराला, बीपी कोइराला र गिरिजा प्रसाद कोइराला जसको अनवरत त्याग र समर्पणले राणा ढल्यो र नेपाली रैतीबाट नागरिक भए, राजतन्त्र समुलरुपमा सकियो र स्वतन्त्रा सहितको प्रजातन्त्र पुनर्स्थापना भयो, कम्युनिष्टहरुको मान्छे मारेर सत्ता हत्याउने खेल समाप्त भयो र साथमा लुटिएको र खोसिएको नेपालीजनको प्रजातन्त्र पुनर्स्थापित भयो यी सवै परिवर्तनको नेतृत्व गरेको र नायकत्व भएको परिवारबाट मुलुकले पुनस् नेतृत्व खोजिरहेको बेला कोइराला परिवारको तेस्रो पुस्ता यतै कतै हराइरह्यो । मुलुकको एकमात्र प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेस कम्युनिष्टहरुसंग सत्ता साझेदारीको खेलमा गतिहीन, दिशाहीन र सम्झौता परास्त बन्दै गयो । २०७२ मा जारी गरिएको संबिधानको प्रस्तावनामा राखिएको साम्यवाद उन्मुख भन्ने वाक्यांसले प्रजातन्त्रको मर्म माथी भद्धा मजाक थोपर्दा पनि अंह काँग्रेस बोलेन । सत्ताको स्वादमा चुर्लुम्म डुबेको काँग्रेस भित्रको लोभी पापीहरुको जमात अर्थात् अहिलेको नेतृत्व हिजो देउवा कोइराला संग ६० र ४० को भागबन्डा गर्थे त्यहि लोभ र पापको खेती गर्ने बाहेक रामचन्द्र पौडेलले त्यो विचार र आदर्शको नेतृत्व गर्न सकेनन मात्र होइन मात्र भागबन्डाको छिना झपटी गरीरहंदा मधेस र पहाडबीच दक्षिण छिमेकी र पहाडिया हेपाहा मण्डले राष्ट्रवादले सृजना गरिदिएको विभाजनको रेखाले सदैव प्रजातन्त्रको भविष्यमाथि गम्भीर प्रश्न खडा गरिरहेकोछ । राष्ट्रियता झन्डै क्रिमियाको बाटोमा पुग्दा पनि काँग्रेस मौन छ । संबिधान कार्वान्यन देखी मधेश र पहाडको भावनात्मक एकिकरण गर्नु पर्ने जटिल मोडमा रहेकोछ, देशलाई नायकत्व चाहिएको छ र भरोशायोग्य नायकत्व र नेतृत्व दिनसक्ने आम अपेक्षा र इतिहाँस बोकेको कोइराला परिवारको तेस्रो पुस्ता शेखर, सुजाता र शशांकले बुधबार सार्वजनिक गरेको तस्बिर जस्तै बीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको अवचिलित राजनीतिक चिन्तन बोकेर नेपाल र नेपालीलाई एकता, सहकार्य र समृद्धिको मार्गमा डोर्याउने संकल्प गरेका हुन् भने मातृभूमि नेपालको समृद्धि र स्थाइत्व कसैले चाहेर पनि रोक्न सक्तैन । हो देशले यतिबेला तपाइहरुको नायकत्व र नेतृत्व खोजिरहेको छ । हो तपाइहरुले बीपीले जस्तै सपना देख्ने साहास गर्नै पर्छ र आम नेपालीले देखेको सपना पुरागर्न मैदानमा आउने आँट र साहास जुटाउने हिम्मत गर्नै पर्छ । इतिहाँसले त्यो विराशत मार्फत आम नेपालीको आर्थिक समृद्धि सहितको अखण्ड र प्रजातान्त्रिक नेपाल निर्माणको अभिभारा पुरा गर्न सुजाताको साहस, शेखरको चातुर्यता र शशांकको शालीनता सहितको व्यक्तित्व र दृष्टिकोणले सामुहिक नेतृत्वको विकास गर्न सक्यो भने छिमेक र घरेलु षड्यन्त्रहरु आफैं धराशायी हुनेछन । मेरो शुभकामना आदरणीय कोइराला परिवारका विराशत एवं काँग्रेसका नेताहरु शेखर, सुजाता र शशांकलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बीपी विचार बोकेर समृद्ध, अखण्ड र प्रजातान्त्रिक नेपाल निर्माणको यो स्वर्णिम यात्रामा ।

-केवल पोख्रेल

स्थानीय तहको चुनाबमा कांग्रेसको परिणामले चिन्तित मन र मलिन अनुहार बोकेर हिडेंका नेपाली कांग्रेसका हजारौं कार्यकर्तालाई हौसला प्रदान गर्ने एक तस्बिर जसले कांग्रेस र समग्र देशको उज्यालो भबिस्य बोकेको छ ।
सफल नेतृत्व सफल पार्टी
सफल पार्टी देशको समृद्धि ।

जय नेपाल ।

-क्षितिज भण्डारी

लोकतन्त्रदेखि गणतन्त्र स्थापनार्थ स्व.कृष्णप्रसाद कोइराला, बिपि कोइराला, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र नोना कोइरालाको योगदानलाई सम्झदै मुलुकलाई नयाँ दिशा दिन अग्रसर नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोईराला, सर्वाधिक मतले केन्द्रीय सदस्यमा बिजय डा.शेखर कोईराला र पुर्ब उप प्रधानमन्त्री सुजाता कोईराला !

-चित्र केसी

यो तस्वीर र आजको भेटघाटले नेपालको राजनीतिमा सकारात्मक सन्देश दिएको छ। यो आवश्यक पनि छ।हामिले चाहेको पनि यहि हो।

-अर्जुन कुमार खड्का

डाक्टर शेखर, डाक्टर शाशन्क र सुजता कोइराला बिछ भएको यो पारिवारिक भेट ले मुलुकमा फेरि काङ्ग्रेस र बिपि को सिद्धांत ले भेट पाएछ जस्तो महसुस गरायो। लामो समय देखि यी तीन अनुहार अलग रहदा काङ्ग्रेस को राजनीति ले धेरै नै क्षेती ब्यहोरेको छ , काङ्ग्रेस भित्रैका मखुडोधारी हरुले आफ्नो स्वार्थका लागि शक्ति केन्द्र मा रहेको कोइराला परिवार मा अलग अलग स्वार्थ देखाइ फुट शृजना गराउदै पार्टी मा ब्रह्मलुट गरिरहदा काङ्ग्रेस को यस्तो हविगत भएको छ। बिपि को सिद्धान्त र बिचार सहित को नेपाली काङ्ग्रेस लाई पुनजिबन दिन पनि अब को दिनमा यी तीन अनुहार एक हुन जरुरी ठान्दछु र यस्को नेतृत्व निर्बिबाद डा शेखर कोइराला ले लिनु पर्ने हुन्छ। टोखा को आजको भेट ले बिपि बिचारमा आबद्ध काङ्ग्रेसिहरुमा हौसला र आशा जागेको छ भने पन्चाङ्रेस हरु मा त्रास फैलिएको हुन सक्छ। तर अब को बिकल्प गुटबन्दी नभै निस्वार्थ देश र जनताको हित का लागि नेपाली काङ्ग्रेस ले मियो को काम गरोस , तपाईं हरुले छिट्टै सहकार्यको थालनी गरि जनतामा फैलिएको भ्रम लाई चिर्दै सङठन लाई सुधृढिकरण गर्ने मा हातेमालो गर्नु होला…….. जयनेपाल