खेलकुद

नेपालको खेलकुद इतिहासमै पहिलोपटक जुनियर भारत्तोलन प्रतियोगिता सुरु हुँदै

काठमाण्डौ । नेपाली खेलकुद इतिहासमै पहिलोपटक शुक्रबारदेखि एसियन युथ तथा जुनियर भारत्तोलन प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिता लगनखेलस्थित नेपाल आर्मीको कभर्ड हलमा सुरु हुने भएको हो ।

सो प्रतियोगितामा दक्षिण एसिया, पूर्वी एसिया, मध्य पूर्वी एसिया र मध्य एसियाका करिब ५ सय खेलाडीहरुको सहभागिता रहने आयोजक पक्षले जनाएको छ । प्रतियोगिता साउन १४ गतेसम्म चल्ने जनाइएको छ ।