अन्तर्राष्ट्रिय

भारतको १४ औं राष्ट्रपतिमा कोविन्द निर्वाचित

काठमाण्डौ । भारतका १४ औं राष्ट्रपतिका रुपमा रामनाथ कोविन्द निर्वाचित भएका छन् । भारतीय जनता पार्टीका कोविन्द बिहीबार निर्वाचित भएका हुन् ।  नेता कोविन्दले ६५.३५ प्रतिशत मत ल्याएका छन् भने उनकी निकटतम प्रतिद्धन्द्धी युपिएकी उम्मेद्वार मिराकुमारले ३४.३५ प्रतिशत मत प्राप्त भएको छ ।

कोविन्दले ७ लाख २ हजार ४४ हजार मत प्राप्त गरेका छन् भने मिराले ३ लाख ६७ हजार ३ सय १४ मत प्राप्त गरेकी छन् । राष्ट्रपतिमा निर्वाचित कोविन्द भारतको उत्तर प्रदेशका दलित नेता हुन् । उनी दुईपट राज्यसभा सदस्य समेत भैसकेका छन् ।