राजनीति

प्रधानमन्त्री र राष्ट्रपतिद्धारा बधाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको १४औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएका रामनाथ कोभिन्दलाई आज छुट्टाछुट्टै सन्देश पठाई बधाई दिएका छन् ।

सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले भारतीय राष्ट्रपति कोभिन्दको कार्यकालमा नेपाल र भारत सम्बन्ध थप सुमधुर बनाउन मिलेर काम गर्ने इच्छा व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।