समाचार

बीपी राजमार्गमा १८ वटा बसको इजाजत रद्ध

काठमाण्डौ । यातायात व्यवस्था विभागले क्षमताभन्दा कबढी यात्रु नबोक्न दिएको निर्देशन नमानेको भन्दै बीपी राजमार्गअन्तर्गत खुर्कोट सिन्धुली खण्डमा चल्ने ११ वटा बसको बाटो इजाजतपत्र निलम्बन गरेको छ । नियमावली अनुसार उक्त सडकमा १८ सिटभन्दा बढी र १० टनभन्दा बढीको सवारी चलाउन पाइँदैन ।

शुक्रबारको कान्तिपुरमा लेखिएको छ, १८ सिटभन्दा बढी भएको गाडी मोडमा घुम्न नसक्ने र १० टनभन्दा बढीको गाडी सडकमा धस्सिने विभागको भनाइ छ ।