राजनीति

प्रधानमन्त्री देउवाको निर्देशनमा बम फाल्ने राना भए असईमा बढुवा, जनताका तर्फबाट धन्यबाद!

काठमाण्डौ । असार १४ गतेको दोस्रो चरणको निर्बाचनका क्रममा दागंको एक निर्बाचन केन्द्रमा राखिएको बम हातले टिपेर फालेका दुर्गाबहादुर रानालाई हवल्दारबाट असईमा बढुवा गरिएके छ ।

प्रहरी प्रवक्ता सवैन्द्र खनालका अनुसार रानाले उत्कृष्ट कार्य गरेबापद सम्मान स्वरुप बढुवा पाएक हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन बमोजिम आईजीपी प्रकाश अर्यालले रानाको बढुवाका लागी प्रकृया अगाडी बढाएको बालुवाटार स्रोतको दाबी छ ।

गृहमन्त्री जनार्दन शर्माले हवल्दार रानालाई भेट्दा १५०० रुपैयां दिदा सामाजिक संञ्जालमा ब्यापक बिरोध भएको थियो । बिरोध पश्चात गृहमन्त्री शर्माले आफूले उक्त रकम पुरस्कारमात्र नभएर ब्यक्तीगत रुपमा सहयोग गरेको बताएका थिए । त्यसपछि गृहमन्त्री शर्माले राना असईमा बढुवा गर्न प्रयास गर्ने बताएका थिए ।

जे होस प्रधानमन्त्री देउवाले रानालाई बढुवा गरेर जनताको आकाँक्षालाई पुरा गर्ने काम गरेका छन् । सबै समयमा अलिकतीमात्र गलत काम गर्दा प्रधानमन्त्री देउवाको बिरोध गर्ने समूहले उनको यसकार्यको उसैगरी समर्थन गरेको समाचार आईरहेको भेटिन्छ ।