खेलकुद

एएफसी अण्डर ट्वान्टी थ्री च्याम्पियनशिपमा आज नेपाल र लेवनान प्रतिस्पर्धा गर्दै ।

सुरुवाती दुई खेलमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले एएफसी अण्डर ट्वान्टी थ्री च्याम्पियनशिप छनौटको आफ्नो अन्तिम खेलमा आज लेवनानसंग प्रतिस्पर्धा गर्दै छ । युएईको अल अइनस्थित तनउन विन मोहम्मद रंगशालामा आज सांझ खेल हँुदै छ । च्याम्पियनसिप छनौटको समुह डीमा रहेको नेपाल पहिलो खेलमा युएईसंग ५ शुन्य र दोश्रो खेलमा उज्वेकिस्तानसंग २ शुन्यले पराजित हुदै प्रतियोगितावाट बाहिरिएको हो । आज लेवनानसंगको खेलमा नेपाल सान्तवना जितको खोजीमा हुने छ ।