राजनीति

कमल थापाबाट आखिर यसरी अलग्गीनेभए पशुपति शम्सेर, आजको बैठकमा पनि आएनन्

काठमाण्डौ । राप्रपाको काठमाण्डौको अनमोल क्याटरिगंमा शुरु भएको बैठकमा बरिष्ठ नेता पुशपति शम्सेर राणअनुपस्थित भएका छन् । भर्खरमात्र शुरु भएको उक्त बैठकमा राप्रपाका बरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द सहितका नेताहरु उपस्थित भएपनि बरिष्ठ नेता राणा भने उपस्थित भएको छैनन् ।
राप्रपा उच्च स्रोतका अनुसार राणा आउदैगरेका भनिएपनि राणा ४२ जना केन्द्रीय सदस्य अध्यक्ष थापाले एकलौटी मनोनीत गरेको भन्द्र रुष्ट भएकाले अझै फकिईनसकेकाले बैठकमा नआउने दाबी राणा निकट एक नेताले सुर्यखबरलाई बताए ।

बैठकमा अधिकाँस केन्द्रीय सदस्य लगायतका नेताहरुले बैठक हल खचाखच भरिएको छ। मिल्ने बित्तिकै फुटेर डा. प्रकाशचन्द्र लोहनीले राप्रपा राष्ट्रबादी गठन गरेका छन् भने पशुपति शम्सेर राणा केहिदिन कमल थापको एकलौटी निर्णय गर्ने परम्परा हेर्ने र निर्णय लिने स्थीतिमा भएको राजनीतिकबृतमा हल्ला सुनिन्छ ।

स्थानीय तहको निर्बाचनमा पार्टीको पराजयपछि पूर्बप१चहरुको पार्टी राप्रपामा बबाल मच्चिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारमा हर्ताकर्ता भएर ओलीसंग नजिकिएका राप्रपा अध्यक्ष थापा पछिल्लो समयमा एमालेले राप्रपाका १० जना साँसद फुटाउन खोजेको आरोपमा बिच्कििएका छन् ।