समाचार

आफू पक्राउ परेको समाचार पढ्दा छक्क परें -बद्री पंगेनी

काठमाण्डौ । चर्चित गायक बद्री पंगेनीले आफू प्रहरीबाट पक्राउ नपरेको बताएका छन् । समाचार हेरेपछि आफू छक्क परेको प्रतिकृया दिदै आफू लोकदोहोरीको बैठकमा भाग लिईरहेको बताएका छन् ।

आफ्नो दोहोरीमा काम आबद्धता भएका एकजना कर्मचारी पक्राउ परेकोले प्रहरीकोमा उनको बारेमा बुझ्न प्रहरीकोमा जाँदा कोही पत्रकार मित्रहरुले देखेका कारण उक्त समाचार बनाएका हुन सक्छन् । जे र्भपनि म मेरा शुभचिन्तक तथा मित्रहरुलाई पक्राउ नपरेको जानकारी गराउन चाहान्छु उनले भने ।

कतिपय समयमा मिडियाले बिना पुष्टी समाचार बनाउने गरेको छ भने कतिपय समयमा आरोपीहरु पनि मिडियालाई उल्टै बेबकुफ बनाउन लागी परेका समाचारहरु पढ्न पाईन्छ ।